आज उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

१५, चैत काठमाडौं । आज काठमाडौँमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौँ उपत्यकाको यातायात प्रभावित भएको छ ।

गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौँको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् । त्यसअघि उनीहरूले उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन्।