तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक

१६, चैत काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने(कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन् ।

मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको छ । शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए ।

सो क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।त्यस क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो । अहिले स्थगित गरिएको छ ।