
१७, चैत काठमाडौं । गृह मन्त्रालयले पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा परिवर्तन गरेको छ । निर्मल निवासमा यसअघि सशस्त्र प्रहरी बलको कार्यदलबाट डिएसपी जगदीश हमालको नेतृत्वमा २५ जनाको टोली खटिएको थियो। उक्त टोलीलाई हटाएर अब डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको नयाँ टोली पठाइएको गृह स्रोतले बताएको छ ।
भिभिआइपी सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी खटाउने प्रावधान छ, तर निर्मल निवासमा हालसम्म २५ जना खटिँदै आएका थिए । अब भने नीति अनुरूप १६ जनामा सीमित गरिएको ती स्रोतको भनाइ छ ।
