
१९ चैत,काठमाडौं ।१५ चैतमा तीनकुनेमा राजावादीहरुले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ ।
आज त्रिवि शिक्षण अस्पतालमा उनको शवको पोस्टमार्टम गरेलगत्तै परिवारले पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरेको हो । शवमा बुवा श्रीकृष्ण महर्जनले दागबत्ति दिएका छन् ।
पोस्टमार्टमको क्रममा उनको शरीरिमा गोली लागेको खुलेको छ ।
