आजबाट काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै शिक्षकहरू

२०, चैत काठमाडौं । देशभरका शिक्षकहरूले बुधवारदेखि पुनः काठमाडौँमा आन्दोलन गर्ने भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् ।

नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेसँगै आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइएको छ ।

आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने महासंघले जनाएको छ । आन्दोलन दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ ।