ऊर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध बन्छ : ऊर्जामन्त्री खड्का

२७, चैत काठमाडों । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताएका छन् । बुधबार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गदै उनले यस्तो बताएका हुन् ।

उनले १० वर्ष भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले कामहरू अघि बढाइरहेको बताए । उनले दुई ठुला छिमेकी देशहरूसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको ऊर्जा क्षेत्रको विकास गर्ने भनाइ व्यक्त गरे ।

मन्त्री खड्काले पछिल्लो समय जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै खुसी प्रकट गर्नुभयो । विद्युत् क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महसुस गरेर सबैले लगानी बढाइरहेको बताए ।

उनले अहिले ऊर्जा क्षेत्रले छिमेकीहरूको बिचमा सम्बन्ध प्रगाढ बनाएको जिकिर गरे । १० वर्ष भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहे पनि जलस्रोतको भरपूर प्रयोग गर्न नेपालले चाहेको बताए।