
३ बैशाख,काठमाडौं ।सञ्चारिका समूहको अध्यक्षमा ३ जना आकांक्षी देखिएका छन्।आकांक्षी वर्तमान कार्यसमिति उपाध्यक्ष पवित्रा सुनार र यस अघिका २ जना उपाध्यक्ष कमला पन्थी र सुचित्रा श्रेष्ठ छन्।
यसैगरि यसअघि सञ्चारिका समूहकी महासचिव रहेकी बसन्ती बास्तोला उपाध्यक्षको उम्मेदवारी दिने तयारीमा छन् भने कार्यसमिति सदस्य रहेका लोग्सरी कुँवर,निमा काफ्ले,सलोजा दाहाल र राधा खनालले महासचिवमा उम्मेदवारी दिने तयारी गरेको जनाएका छन्।
त्यसैगरि मञ्जिमा ढकाल कोषाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् भने वर्तमान कोषाध्यक्ष उर्वशी बस्नेत र सदस्य नुनुता राई तथा पवित्रा मुडभरी सचिवमा उम्मेदवारी दिने तयारीमा छन्।
सञ्चारिका समूहको नवौँ महाधिवेशन यही वैशाख ५ गतेका लागि तय भएको छ ।
