एमाले हुलबाट निर्देशित नभई सही नीतिका कारण जनताको मनमा बसेको छ : प्रधानमन्त्री ओली

६, वैशाख चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपार्टी एमाले हुलबाट निर्देशित नभई सही विचार र नीतिका कारण जनताको मनमा बस्न सफल भएको बताएका छन् ।

नेकपा (एमाले) भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन सत्रलाई शुक्रबार सम्बोधन गर्दै ओलीले एमाले हुलबाट निर्देशित हुने पार्टी नभई सही नीति र नेतृत्वबाट सञ्चालित हुने बताएका हुन् ।

एमालले लिएको नीति सही भएको भन्दै अध्यक्ष ओलीले राष्ट्रिय नीति नै यही आधारमा तय हुने गरेको समेत बताए । आफुहरु देश र जनतका पक्षमा काम गरेर स्थापित हुने उनले बताए ।