न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दै

८, वैशाख काठमाडौं । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक सोमबार बस्ने भएको छ । आइतबार कुनै सहमति नजुटेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो । सोही निष्कर्ष ननस्किएका कारण सोमबार बैठक बस्न लागेको हो।

हिजो अपराह्न ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठक करिब दुई घण्टा बसेर बिना निष्कर्ष टुंगिएको थियो ।

नेपाल बार एसोसियसनमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश सक्रिय भएका हुन्। हाल देशभर जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३३ न्यायाधीश रिक्त छन् ।