राज्य व्यवस्था समितिलाई ट्रेड युनियनको निरन्तर दबाब

८, वैशाख काठमाडौं । कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था समितिलाई निरन्तर दबाब दिएको छ ।

आज सिंहदरबारस्थित समितिको बैठक बस्नुअघि संयुक्त ट्रेड युनियनमार्फत निजामती कर्मचारीले सभाकक्षा बाहिर धर्ना दिएका थिए । यसअघि पनि समितिको बैठक बस्ने दिन युनियनका नेताहरूले सभाकक्ष बाहिर उपस्तिथित भएर दबाब दिएका थिए ।

उनीहरुले विरोधका कार्यक्रमअन्तर्गत यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय गरेका छन् ।