शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैन : अध्यक्ष ठाकुर

१५, वैशाख काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरुले शिक्षकहरुको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताएका छन् ।

लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले अहिले शिक्षकहरु सडक आन्दोलनमा रहेको भन्दै यसको दोष सबै सरकारलाई लगाएर आफू उम्किन नमिल्ने बताए ।

यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरुले लिनुपर्ने उनको भनाइ छ । सरकारमाथि दोष थुपार्ने नभइ सरकारको आलोचना गर्न सकिने बताए ।