सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति

१५, वैशाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सरकारले शिक्षकहरूको आन्दोलनमा गरेको दमनप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले शिक्षकहरूमाथि आफ्नो शक्ति प्रदर्शन गरेको अर्यालले आरोप लगाएका हुन् ।उनले भने, ‘विभिन्न माग राख्दै विभिन्न पक्ष सडकमा छन्, तर सरकारले त्यो आन्दोलनलाई देख्दैन ।

सरकार दमन र शक्ति प्रदर्शनमा लागिरहेको छ । हिजो शिक्षकहरूमाथि भएको दमनबारे रास्वपाले सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ खेद प्रकट गर्दछ ।’