आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रुपमा मनाइने

१९, वैशाख काठमाडौं । आगामी दशकलाई आन्तरीक रोजगारी दशकका रुपमा मनाइने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् ।

रोजगारी तथा ज्याला रोजगारी दुवैका माध्येमबाट आन्तरिक रोजगारीको सिर्जना गरिने उनले जानकारी दिए । वैदेशीक रोजगार सुरक्षित मर्यादित र व्यवस्थित बनाउन नीति तथा कार्यविधि संशोधन गरिने उनको भनाइ छ ।