भारत–पाकिस्तान तनावबाट जोगिने तयारीबारे सांसदले मागे सरकारको जवाफ

२६, वैशाख काठमाडौं । सांसदहरूले भारत र पाकिस्तानबीच जारी तनावले नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे सरकारसँग जानकारी मागेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद शिशिर खनालले भारत र पाकिस्तानबीचको तनावले आपूर्ति लगायतमा प्रभाव पर्न सक्ने बताए ।

नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे सरकारले कुनै तयारी गरेको छ कि छैन भन्दै उनले तयारीबारे सरकारले छलफल गर्नुपर्ने र त्यसबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरे ।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानमा रहेका नेपालीहरू र नेपाली विद्यार्थीहरूमाथि बढेको जोखिमबारे नेपालले ख्याल गर्नुपर्ने बताए ।