प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

२८, वैशाख काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधि सभाको बहुमतबाट पारित भएको छ ।

सभामुख देवराज घिमिरेले ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो । नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो ।