लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

२, जेठ काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूचीमा तीन महत्त्वपूर्ण एजेन्डा समावेश छन् । पहिलो एजेन्डा अन्तर्गत प्रदेश सभा सदस्यहरूले शून्य समयमा आफ्ना धारणा राख्नेछन् ।

दोस्रोमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् । साथै छलफलमा उठेका प्रश्नहरूको जवाफसमेत मन्त्री कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको छ ।