लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

४, जेठ काठमाडौं । लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको चौथो बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले विशेष समयमा आफ्ना भनाइ राख्ने कार्यक्रम रहेको छ ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामाजिक कर सम्बन्धी विधेयकमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सभामुख तुलाराम घर्तीमगरले मन्त्री कार्कीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।