
४, वैशाख काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । सुुन तोलामा ६ सय रुपैयाँ घटेर आज प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार भने प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य आज स्थिर रहेको छ ।आज प्रतितोला १ हजार ९सय ४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
