सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

५, जेठ काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको हो ।

सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।