राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान

६, जेठ काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे छ दिने औपचारिक भ्रमणका लागि चीनको शान्सी प्रान्तको सियान सहरतर्फ प्रस्थान गरेकी छन् । उनी आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सियान सहरमा यही यही जेठ १० गतेसम्म आयोजना हुने शांघाई सहयोग संगठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च तथा नवौँ सिल्क रोड अन्तर्राष्ट्रिय प्रदर्शनी र पूर्व–पश्चिम चीनबीच सहयोगका लागि लगानी तथा व्यापार मञ्च कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । दुवै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्नेछिन् ।