
९, जेठ काठमाडौं । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।
मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए । भूकम्पले क्षति पुगेरनपुगेकोबारे स्पष्ट भइसकेको छैन ।
