सुनको मूल्य घट्यो,आज कतिमा हुँदैछ कारोबार ?

१२, जेठ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा सात सयले घटेर १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८ सयमा कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला दुई हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।