सुनको मूल्य फेरि बढ्यो, तोलाको कतिमा हुदैँछ कारोबार ?

१, असार काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (आइतबार) बढेको छ। तोलामा ४ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदी तोलामा २१ सय ६५ रुपैयाँमा  कारोबार भइरहेको छ ।