
११ असार,काठमाडौं ।नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । साथै एमालेले दैलेखमा भेटिएको ग्याँस देशको आर्थिक विकासका लागि ठूलो संवाहक बन्नसक्ने निष्कर्ष निकालेको छ ।
दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा ड्रिल गरेर अन्वेषण गर्दा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस भएको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन चाइना जियोलोजिकल सर्भेले उद्योग मन्त्रालयलाई दिएको थियो ।
सो बैठकले वर्तमान सरकारको एक वर्ष सन्तोषजनक रहेको पनि समिक्षा गरेको एमालेले जनाएको छ ।
