सिठ्ठी बजाउँदै सडकमा निस्किए सुनचाँदी व्यवसायीहरू

२५असार,काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगड विभिन्न माग राखेर आन्दोलित छन्।

नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले आज काठमाडौंमा ऱ्याली सहित कोणसभा कार्यक्रम गरेको छ ।भने भक्तपुरका सुनचाँदी व्यवसायीले सिठी जुलुस आयोजना गरेका छन्।

व्यवसायीहरूका हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने लगायतका माग छन्। सुनमा लगाइएको २ प्रतिशत विलासी कर पनि खारेज गर्नुपर्ने उहाँहरूको माग छ।