
अर्घाखाँची । अर्घाखाँचीमा बँदेल र बाँदरबाट खेती जोगाउन गाउँ गाउँमा हेरालु खटाइएको छ ।
वन्यजन्तुजन्य क्षति न्यूनीकरण तथा किसानको श्रम सुरक्षाका लागि वन कार्यालयले बाँदर र बँदेलबाट खेती जोगाउन २० जना हेरालु नियुक्त गरेको हो ।
बाँदर र बँदेलको अर्घाखाँचीका किसानहरू मर्कामा परेका छन्।
डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा वन व्यवस्थापन कार्यमा सक्रिय रहेका १० वटा सामुदायिक वन समूहसँगको सहकार्यमा सो कार्य गरिएको हो।
खेतीबालीमा हरेक वर्ष जस्तो क्षति भइरहेपछि सामुदायिक वन समूहहरूको सहमतिमा आर्थिक साझेदारी हुँदै हेरालु नियुक्त गरिएको हो।
हेरालुहरू बाँदर र बँदेल धपाउने कामका लागी साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा परिचालित हुने डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
