
७ साउन,काठमाडौं ।माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधानप्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयनमा नगरेको एवं स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी रहेको आरोप लगाएका छन् ।
माओवादी पार्टीनिकट नेपाल उद्योग व्यापार महासंघले बुधबार चाबहिलमा गरेको कार्यक्रममा नेता पुनले स्वास्थ्य क्षेत्रलाई सरकारले कम्तिमा आधारभूत दायित्वलाई जिम्मेवारीपूर्वक लिनुपर्ने बताए ।
स्वास्थ्य क्षेत्रमा संविधानको व्यवस्था अनुसार राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै पुनले माओवादी पार्टीले सरकारमा वा सरकारबाहिर रहँदा पनि यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको जिकिर समेत गरे ।
