सेयर बजार २९७८ अंकमा,कारोबार कति ?

७ साउन,काठमाडौं ।लगातार बृद्धि भइरहेको शयर बजार आज बुधबार ५.१७ अंक बढेको छ।वृद्धिपछि नेप्से परिसूचक २९८० अंकमा पुगेको छ।

२ बजे तिर बजार २९५१ अंकमा झरेको थियो।त्यसपछि खरिद पक्ष बलियो बन्यो र बन्द हुँदा २९७८ अंकमा पुग्यो। तर कारोबार रकम भने सामान्य घटेको छ।

अघिल्लो दिन २० अर्ब ८ करोडको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोडको भयो ।९८ कम्पनीको मूल्य बढ्दा १५२ को भने घट्यो ।

आज फाइनान्स समूह सबैभन्दा धेरै ३.२३ प्रतिशत बढ्यो।त्यस्तै हाइड्रोपावर ०.८८,लगानी ०.९०,उत्पादन तथा प्रशोधन ०.४०,अन्य १.४४ र व्यापार ०.३१ प्रतिशत बढे ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१० प्रतिशत घट्यो ।बैंकिङ ०.२५, विकास बैंक ०.९२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.७२ तथा निर्जीवन बीमा ०.६१ प्रतिशत घटे।

दुई नयाँ कम्पनी ट्रेड टावर र सान्भी इनर्जीको मूल्य १० प्रतिशत बढेको छ।ट्रेड टावरको मूल्य ५८९.३० तथा सान्भीको ५२५.४० रुपैयाँ पुगेको छ।

त्यस्तै ग्रीन भेन्चर्सको मूल्य ९.४, लिबर्टी इनर्जीको ७.०८ तथा बेस्ट फाइनान्सको ५.९७ प्रतिशत मूल्य बढ्यो। भूगोल इनर्जीको ५.३२, ग्रिन डेभलपमेन्ट बैंकको ४.२६,अभियान लघुवित्तको ४.१३ तथा आरएसडीसी लघुवित्तको ४.१० प्रतिशत मूल्य घट्यो।

धेरै कारोबार भएका पाँच कम्पनीमा क्रमशः हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट,निफ्रा,बुटवल पावर र नेपाल पुनर्बीमा छन्।