
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलो पटक पत्रकार सम्मेलन गर्दैछिन् ।
आज दिउँसो ३ बजे उनले बबरमहल स्थीत कार्की बैंकिटमा विशेष पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई पार्टीले सदस्यता नै नवीकरण नगरेर रोकेकोमा उनले आपक्ति जनाएकी छन् ।
मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनी राष्ट्रपति भइसकेकाले सक्रिय राजनीतिमा आउन नमिल्ने र पदीय मर्यादा कायम गर्न आवश्यक रहेको निर्णय गरेको थियो ।
