दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

१५ साउन,काठमाडौं ।दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुलेको छ ।आजदेखि सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको जनाएको छ ।जसमध्ये वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावितलाई बाँडफाँटपछि २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो ।

न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको हो ।
आईपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

अपरिस्कृत वित्तीय विवरणअनुसार गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा छ भने प्रतिसेयर आम्दानी ३८ पैसा ऋणात्मक छ ।