
१६ भदौ,काठमाडौं।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन्।सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका मेयर साम्पाङलाई स्वागत गर्न समर्थकको भीड लागेको थियो।
उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्यालीसहित स्वागत गरेका थिए।यसअघि पनि उनी काठमाडौं आउँदा समर्थकहरूको बाक्लो उपस्थिति रहने गरेको थियो।
मेयर साम्पाङले आफ्ना समर्थकलाई भेट्न चाहेको उनको सचिवालयले बताएको छ।
