नेपालले आज ताजकिस्तानसँग खेल्ने

१८ भदौ,काठमाडौं ।एफसी यु–२३ एसियन कप छनोट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल घरेलु टिम ताजकिस्तानविरुद्ध खेल्दै छ।

सो छनोट प्रतियोगिता अन्तर्गत समूह ‘के’ को पूर्वसन्ध्यामा भएको प्रिम्याच पत्रकार सम्मेलनमा नेपालको यु–२३ टिमका प्रशिक्षक नवीन न्यौपानले पूर्ण रूपमा तयारीका साथ ताजकिस्तान आएको बताए।

उनले भने ‘मेरो टिम जित्न तयार छ।यद्यपि अहिले भने हाम्रो ध्यान ताजकिस्तानविरुद्ध हुने खेलमा केन्द्रित छ।’

नेपालले नेजकिस्तानविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्ने छ।त्यसपछि नेपालले भदौ २१ गते सिरिया र भदौ २४ गते फलिपिन्ससँग खेल्ने छ।