मौसम पूर्वानुमान : यी तीन प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

१८ भदौ,काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको कारण मौसम बदली भइ विभिन्न ठाउँमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ ।

लुम्बिनी प्रदेशलगायत पहाडी भू–भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

उता राति पनि कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी,मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।तर कोशी,तराई र वाग्मती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।