
१८ भदौ,काठमाडौं । सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार मध्यराति भूकम्प गएको छ ।
राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।भूकम्पबाट मानवीय र भौतिक क्षति भने भएको छैन ।
मंगलबार नै दोलखा र गोरखामा पनि भूकम्प गएको थियो ।
दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर मंगलबार दिउँसो ३ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
