
सीता पौडेल (अर्चना)
पोखरेली दिदीबहिनी समूह काठमाडौंको “रजत जयन्ती समारोह” सम्पन्न भएको छ।
पोखरामा जन्मि–हुर्की काठमाडौंलाई कर्मथलो बनाएका पोखरेली दिदीबहिनी समुहको २५ औं वर्षको रजत जयन्ती समारोह बुधबार काठमाडौंमा सम्पन्न भएको हो ।
शुरुमा आफ्नो मातृभूमिको सेवा गर्ने उद्देश्यले २०५६ सालमा उक्त समुहको स्थापना गरेको समुहकी अध्यक्ष विष्णु थकालीले जानकारी दिइन् ।
पछि संस्थाले सामाजिक कार्यको क्षेत्रलाई फराकिलो पार्दै सो समुहले स्थापनाको दूई दशकको सो यात्रासम्म आइपुग्दा विशेष गरि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र त्यसमा महिलाहरुमा हुने स्तन तथा पाठेघरको क्यान्सर,बालबालिकाको गुणस्तरीय शिक्षाका लागि छात्रवृत्ति र जेष्ठ नागरिक सेवा जस्ता विषयलाई आफ्नो सामाजीक सेवाको मुख्य क्षेत्र बनाएर कार्य गर्दे आएको पनि उनले बताइन् ।

कुनै बैदेशिक संस्था र दातृनिकायबाट आर्थिक सहयोग नलिइकन सदस्यहरुले नै स्वस्फूर्तरुपमा आ–आफ्नो क्षेत्रबाट योगदान गरेर संस्थालाई २५ वर्षको परिपक्व संस्था बनाउन सहयोग गर्ने अग्रज,शुभचिन्तक सहयोगी,सबै पदाधिकारी तथा सदस्यहरु लगायत प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्ने सबैप्रति आफू निकै कृतज्ञ रहेको भन्दै उनले समारोहमार्फत सबैलाई धन्यवाद व्यक्त गरिन् ।
उनले भनिन् ‘यो विशुद्द समाजिक संस्थालाई यहाँसम्म ल्याइपु¥याउन सहयोग गर्नु हुने सम्पुर्ण पोखरेली दाजुभाई,दीदिबहिनीहरु तथा माया गर्नुहुने शुभेच्छुक तथा शुभचिन्तकज्युहरु लागायत सहयोग गर्नुहुने सबैप्रति म धन्यवाद सहित आभार व्यक्त गर्न चाहन्छु । ’
यसै अवसरमा समारोहमा पोखरेली दिदीबहिनी समूहद्धारा प्रकाशित ‘फेवा’ स्मारिकाको प्रमुख अतिथि,समाजसेवी गणेश बहादुर श्रेष्ठ लगायत उपस्थित अतिथिहरुबाट बिमोचन गरिएको थियो ।

रजत जयन्तीको अवसरमा संस्थाले अग्रजको सम्मान र भावी पुस्तालाई प्रेरित गर्नको लागि विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्ति र विज्ञहरुलाई सम्मान समेत गरिएको थियो ।


सम्मानित हुनेहरुमा वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठ,सर्वाेच्च अदालतका न्यायाधीस शारङ्गा सुवेदी र शान्ति सिंह थापा,नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा,पोखरेली दिदीबहिनी संस्थाका अध्यक्ष विष्णु थकाली,संस्थापक अध्यक्ष शारदा बैद्य र उपाध्यक्ष डा.विमला शाक्य,संस्थापक सदस्य जयन्ती मल्ल,इन्दिरा श्रेष्ठ,सल्लाहकार श्याममान बज्राचार्य,बसन्त विजुच्छे र बसन्त रन्जित हुन्थ्यो ।


यो सँगै संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई समेत समारोहमा सम्मान गरिएको थियो । सम्मानितहरुलाई प्रमुख अतिथि वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठ र अध्यक्ष थकालीले दोसल्ला र कदरपत्र सम्मान गरेका थिए।

समारोहमा समुहका सल्लाहकार जगतबहादुर बस्नेत,रामकाजी कोने,निवर्तमान अध्यक्ष डा.विमला शाक्य,आर एम ग्रुपका प्रमुख कृष्ण आचार्य,संस्थापक अध्यक्ष शारदा बैद्य,नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा,नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ,बागमती प्रदेश सभासद यमुनादेवी श्रेष्ठ,प्रतिनिधि सभाका पूर्व सभामुख तारानाथ रानाभाट,पूर्व महान्याधिवक्ता राघवलाल बैद्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,समाजसेवीहरु, बुद्धिजिवीहरु ,संस्थाका पदाधिकारी तथा सदस्य एवं आजिवन सदस्यहरु,सहयोगी संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

