
२१ भदौ,सुर्खेत ।कालीकोट रास्कोट नगरपालिका,८ का वडाध्यक्ष मनिराज बराल तीन दिनदेखि बेपत्ता भएका छन्।
बुधवार बेलुकी वडा कार्यालयको काम सकेर ससुराली जाने भन्दै घरबाट निस्किएका बराल अहिलेसम्म सम्पर्कविहीन रहेको जनाइएको छ ।
फुकोट स्वास्थ्य चौकीका एक कर्मचारीका अनुसार वडाध्यक्ष दिउँसो नगरपालिका पुगेका र त्यहाँबाट ससुरालीतर्फ हिँडेका थिए।
हिजो शुक्रवार कर्णाली नदी किनारमा बरालले लगाएको कोट फेला परेको उनले जानकारी दिएका छन्। उनका अनुसार स्थानीय,नगर प्रहरी र नेपाल प्रहरीले खोजी कार्यलाई तीव्र पारेका छन्।
जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार प्रहरी चौकी रास्कोटको समन्वयमा सान्निगाड, मेहलमुडीलगायतका क्षेत्रमा पनि खोजी कार्य जारी छ।
बरालका पत्नी,एक छोरा र दुई छोरी छन्।
