सेयर बजार भोली बुधबारदेखि खुल्ने

३० भदौ,काठमाडौं । सेयर बजार भोली असोज १ गते बुधबारदेखि खुल्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्स्चेन्जले बुधबारदेखि बजार पुनः सञ्चालनमा आउने भएको हो । सबै पक्षसँग छलफल र परामर्श गरेपछि बजार खोल्ने निर्णय गरिएको छ बोर्डको भनाई छ ।

यसबारे नेप्सेलाई सूचना पठाउने र नेप्सेले नै सार्वजनिक गर्ने तयारी बोर्डको छ । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ ।

भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गते यता बजार एक साता बन्द गरिएको थियो ।

यद्यपी सरकारले  असोज १ गते सार्वजनिक विदा दिने हिजो बेलुका निर्णय गरेका कारण  २ गते बल्ल बजार खुल्ने आँकलन गरिएको छ ।