२० प्रतिशत कर्मचारीको दरबन्दी घटाउने सैद्धान्तिक सहमति

१ असोज, काठमाडौं । निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरिएको छ ।

मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो ।

हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् ।२० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ ।

यो दरबन्दी मन्त्रालय,आयोग,सचिवालय र कार्यालयहरूबाट घटाइने र यसमा लागि यहि असोज २० गते भित्र तयार गर्ने निर्णय गरिएको छ।त्यसपछि यो निर्णय मन्त्रिपरिषद् बैठकमा पेस गरिने छ।