अनलाइन दर्ता गर्न सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकियो

२४ असोज,काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकेको छ ।

आज शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले सो निर्णय भएको जानकारी दिएको हो ।

मन्त्रालयद्वारा जारी सो सूचनामा नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को दफा २ को खण्ड (त) ले दिएको अधिकार प्रयोग गरी अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकेकोले यो सूचना प्रकाशन गरिएको उल्लेख गरिएको छ ।