राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय

२२ पुस, काठमाडौं ।नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ।

आज मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

कांग्रेस र एमालेले ७÷७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भइसकेको र क्लस्टर मिलाउन बाँकी भएको उनको
भनाइ छ।

उम्मेदवार टुंगो लगाउन  नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्।

कार्यसम्पादन समितिको बैठक भोलि फेरी बिहान ९ बजे बस्ने गरी बोलाइएको कंग्रेसले जनाएको छ।