सुन तोलामा ३७ सयले बढ्यो

२० माघ,काठमाडौं ।नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ।

तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ।

आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम थियो।

आज चाँदीको भाउ पनि बढेको छ ।चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम छ ।

सोमबार चाँदी ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।