वैशाख १ देखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

२२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।

उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो ।

थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो ।

साझा यातायातसँगको सहकार्यमा यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।