बढ्यो सुनचाँदीको भाउ

२९ चैत, काठमाडौं ।आइतबार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ ।अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९७५ रुपैयाँमा कायम भएको छ ।

आज सामान्य बढेको हो।