काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३८ जना घाइते

१२ जेठ, बुटवल । कपिलवस्तुको बरइपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

महाराजगंज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा,बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नं को बस बिहान सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । भने, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको र अन्य घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिएका छन् ।