तयार भयो नयाँ संसद् भवन: कुर्सीदेखि कार्पेटसम्म निलो

१३ जेठ,काठमाडौं । सिंहदरबारस्थित संघीय संसद् भवन निर्माण कार्य सकिएको छ ।

भित्री सजावट र अन्य प्राविधिक काम सकिएसँगै अब स्थायीरुपमा हल बैठक सञ्चालनका लागि तयार भएको छ ।

नयाँ संसद् बैठक कक्ष नीलो रङले सजाइएको छ । पर्दा, भित्ता, कार्पेट र सोफाहरू पनि नीलो रङकै छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नयाँबानेश्वरस्थित संघीय संसद् भवन आगजनीबाट ध्वस्त भएपछि अहिले सिंहदरबारस्थित नयाँ संसद भवनको अस्थायी हलमा संसद् बैठक बसिरहेको छयही हलबाट नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने सरकारको तयारी छ ।