
१३ जेठ,काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको बताएका छन्।
आर्थिक सर्वेक्षण २०८२–८३ सांसदमार्फत सार्वजनिक गर्दै उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी गराएका हुन्।उनले सांसदमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने विषय उल्लेख गरे।राजस्व संकलनमा सुधार भएको र सर्वेक्षणले औंल्याएका विषय बजेटमार्फत सम्बोधन गरिने पनि उनले बताए।
उनका अनुसार विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान रहेको छ,नेपालको उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत माथि रहने छ।
नेपालमा बागमती र गण्डकी प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा तल रहने छ।नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २४ प्रतिशत र गैरकृषि क्षेत्रले ७६ प्रतिशत योगदान छ।
यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक,द्वितीय र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६, १३.७३ र ६१.८१ प्रतिशत रहने देखिएको छ।
