मन्त्री पुनको घोषणा : तीन वर्ष मन्त्री हुने,त्यसपछि युवालाई अवसर

२६ जेठ, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र मन्त्री पदमा बस्ने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले भने, ‘द्रुत गतिमा रात दिन काम गर्ने हो ।

रात दिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो । मन्त्री भएर खाने हो । त्यसपछि म गर्दिनँ । जग बसालेर बलियो बनाएर नयाँ युवा भाइबहिनीलाई बनाउने हो ।’

ढिला हिँडेर ठाउँमा नपुगिने जिकिर गर्दै उनले नयाँ मन्त्रालय भएकाले फाउन्डेसन बनेपछि आफू बाहिरिने बताएका छन् ।