अब हरेक फाइल खोलिन्छ : गृहमन्त्री सुधन गुरूङ

२६ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अब हरेक फाइल खोल्ने घोषणा गरेका छन् ।

दोस्रोपटक गृहमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग गुरुङले अनुसन्धानमा रहेका फाइलाहरु शिघ्र टुंगोमा पुर्‍याउने  बताए ।

‘हाल अनुसन्धानका क्रममा रहेका फाइलहरुलाई शीघ्र टुंगोमा पुर्‍याउने निर्देशन दिने,’ गृहमन्त्री गुरुङले भने । मन्त्रालयमा आएपछि गरेका निर्णय सुनाउने क्रममा उनले  हरेक फाइल खोल्ने बताए ।

‘हरेक फाइल खोलिन्छ अब थ्याङ्क यू सो मच,’ उनले भने ।

गृहमन्त्री गुरुङले अब चरित्र हत्याको विषयलाई समेत गम्भीर ढंगले हेरिने जिकिर गरेका छन् ।

ममाथि जेनजी आन्दोलनदेखि नै जति पनि आरोप लगाइयो म त थेग्न सकौंला । तर विशेषगरी कुनै नागरिकलाई अपमान गर्ने, चरित्रहत्या गर्ने प्रयास गरेको खण्डमा गृह मन्त्रालयमा एक दम संवेदशनील भएर सिरियस्ली हेर्नेछ,’ उनले भने ।

उनले चरित्र हत्याका कारण कोही नेपाली छोरीको ज्यान जान नहुनेतर्फ संकेत गर्दै भने, ‘जस्तोसुकै आरोप लगाए पनि म थेग्न सक्छु । तर अरू नेपाली चेली, नेपालकी छोरीलाई चरित्र गरिन्छ र आत्महत्या गर्न बाध्य बनाइन्छ भने त्यसमा गृह मन्त्रालयले सिरियस्ली हेर्छ ।’