बैंकहरूले बन्द गरे डेढ सय शाखा,कर्मचारीहरुको के हुन्छ ?

१६ असार, काठमाडौं । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना देशभरका १४९ वटा शाखा बन्द गरेका छन् ।

वाणिज्य बैंक तथा विकास बैंकहरूले धेरै शाखा बन्द गरेको पाइएको छ । तर शाखा बन्द गरे पनि बैंकहरूले कर्मचारी कटौती गर्न भने पाउँदैनन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत महानगरपालिकाभित्र धेरै शाखा रहेको अवस्थामा स्वयमले निर्णय गरी गाभ्न वा एकीकरण गर्न पाउने व्यवस्था गरेको थियो ।

सो मौद्रिक नीति लागूपछि केन्द्रीय बैंकले २०८२ मंसिर २९ गते निर्देशन जारी गर्दै कर्मचारी कटौती नगरी शाखा एकीकरण गर्न सक्ने व्यवस्था गरेबमोजिम काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, वीरगन्ज र भरतपुर महानगरपालिमा रहेका ७ वाणिज्य बैंक र ३ विकास बैंकका ११८ शाखा गाभिएका छन् ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा बैंक वित्तीय संस्थाका १४९ शाखा घटेको तथ्यांक सार्वजनिक भएको छ ।