
२४ असार,काठमाडौं । आज बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो ।
यस्तै चाँदी तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०० रुपैयाँमा झरेको छ ।
